यौटा मृगौलाको रोगी उपचार नपाएर हैन कि उपचार गर्न आऊँदा करिब एक दिनजति राष्ट्रिय राजमार्गमा जाममा फसेर उपचार नपाई बसको सिट मैं छटपटिंदै कठोर मृत्युवरण गर्नपुग्छ। छेऊमैं जन्म दिएकी आमा छिन। आफूले दशधारा बगाएर जीवन अनि जगत देखाएकी ती आमाले आफ्नै काखमा उपचार पाऊन नसकेर मृत्युवरण गर्नपुगेको त्यो छोराको लास देख्दा ति आमाको मुटु के नफुटेको होला र? सोंच्न सक्छौं हामी कि ती आमाको मुटुभित्र भित्रै कस्तो पहिरो बगिराखेको होला?